प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

हेटौंडाबाट तामाङ र प्रजा पक्राउ

२०८० आश्विन १०, बुधबार १३:२४ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट २० केजी लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले उक्त गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–३ बस्ने २२ वर्षीय अशोक तामाङ र ३२ वर्षीय बिसन प्रजा रहेका छन् । रातोमाटेबाट सानो सुगौली तर्फ जादै गरेको प्रदेश ३–०१–०२५ च.५७८३ नम्बरको बोलेरो गाडीको पछाडिको ढालामा २ वटा कालो झोलामा लुकाई छुपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको जनाएको छ ।