प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

दुई युवक मकवानपुर प्रहरीको फन्दामा

२०७९ चैत्र ९, बिहीबार ०३:१८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका– १५ रातोमाटेमा गौरबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–०२० प ६८६२ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोटरसाइकलमा पछाडी सवार रौतहट राजपुर फरदहवा नगरपालिका–४ बस्ने २२ को महमद दहमिद र चालक २० वर्षिय उमेश मन्सुरी रहेका छन् । उनीहरुको साथबाट गाँजा सानो ७ प्याकेट, नाईट्रोभेट १८ पिस, कोरेक्स सय वटा बरामद गरिएको प्रहरीले जनाएको छ ।

दुबैलाई नियन्त्रणमा लिएर अनुसंधान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।