प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

हेटौंडामा विश्व एड्स दिवसमा जनचेतना अभिबृद्धि कार्यक्रम

२०७९ मंसिर १५, बिहीबार १५:४६ बजे

हेटौंडा – ३५ औं विश्व एड्स दिवसको अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले जनचेतना अभिबृद्धि कार्यक्रम गरेको छ ।

एड्स अन्त्यका लागि समानताको सुनिश्चितता भन्ने मुल नाराका साथ प्रतिष्ठानले जनचेतना अभिबृद्धि कार्यक्रम गरेको हो । प्रतिष्ठानले जनचेतनाको लागि र्याली, फल्यास मुभ र एड्स भएकाहरुको अनुभव साटासाट गरेको हो ।

जनचेतनामुलक र्यालीलाई सम्बोधन गर्दै प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीले एड्स नियन्त्रणमा रहेपनि नसकिएकाले जनचेतनामुलक कार्यक्रमले अझैं चेतना फैलाउन मदत गर्ने बिश्वास व्यक्त गरे । उनले एड्स बारे आम जन समुदायले सहि जानकारी पाउनुपर्नेमा जोड समेत दिए ।

हेटौंडा १० टिसिएनमा रहेको प्रतिष्ठानको कार्यालय अगाडिबाट सुरु भएको र्याली बसपार्क, जिल्ला प्रहरी कार्यालय परिसर, राप्ती रोड, बुद्ध चोक, सिमाचोक हुँदै सितलमहल चोकमा पुगेर फल्यास मुभ गरिएको थियो ।

र्यालीमा सहभागि प्रतिष्ठानमा अध्ययनरत बिद्यार्थीहरुले जनचेतनामूलक प्ले कार्डको प्रर्दशन गर्नुका साथै एड्सबाट बच्न र बचाउन आग्रह गरेका थिए । उनीहरुले कण्डमको सही प्रयोग गर्न पनि आग्रह गरेका थिए ।

हेटौंडा ४ स्थित हुप्रा चौरमा पुगेर कोणसभामा परिणात भएको र्याली एड्स संक्रमितले अनुभव साटा साट गरे पश्चात समापन भएको हो ।कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, प्राध्यापक, बिद्यार्थी, कर्मचारी लगायतकाको सक्रिय सहभागिता रहेको प्रतिष्ठानका सुबोध आचार्यले जानकारी दिए ।