प्रहर खबर
 २०७९ चैत्र १२, आईतबार    

सुनको भाउ लगातार बढ्यो

२०७९ माघ २, सोमबार ११:४० बजे

काठमाडौं – नेपाली बजारमा सुनको भाउ लगातार बढेको छ । आज सोमबार तोलामा दुई सय रुपैयाँले घाउ बढेर १ लाख ५ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी संघले जनाएको छ।

हिजो आइतबार सुनको भाउ तोलामा १ लाख ५ हजार रुपैयाँ थियो । २०७८ साल फागुन २५ गते भाउ बढेर तोलामा १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसयता घटेको थियो । तर, केही दिनयता फेरि भाउ बढेको बढ्यै छ।

यस्तै, चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा पुगेको छ।