प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

काठमाडौंमा बालेनले मतान्तर बढाए

२०७९ जेठ ७, शनिबार १४:५५ बजे

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले मतान्तर बढाएका छन् । बालेन ३५ हजार ३ सय ७४ मतसहित अग्रस्थानमा छन् ।

बालेनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले १९ हजार २ सय ४८ मत पाएका छन् । यो मतपरिणामअनुसार बालेन भन्दा केशव १६ हजार १ सय २६ मतले पछाडि छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंह १९ हजार ३८ मतसहित तेस्रो स्थानमा छन् ।