प्रहर खबर
 २०८१ जेठ ८, मंगलबार    

करेन्ट लागेर एक जनाको मृत्यु

२०७९ कार्तिक ८, मंगलबार ०८:२२ बजे

काठमाडौं – पाल्पाको रामपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नं.९ जब्गादीका २९ वर्षीय विष्णुबहादुर श्रेष्ठ रहेका छन् ।

प्रहरीका अनुसार श्रेष्ठ घर नजिकैको रुखमा घाँस काट्ने क्रममा सोमबार बेलुका बिजुलीको तारमा करेन्ट लागेर घाइते भएका थिए । उनको उपचारको लागि पाल्पा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रवक्रा डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । घाँस काट्ने क्रममा उनले एक्कासी थ्रीफेज छुुन पुगेका थिए ।