प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

हेटौंडामा लागुऔषध ओसारपसारमा संलग्न दुई महिला सहित तीन जना पक्राउ

२०७९ आश्विन ८, शनिबार ०४:५६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बसामाडीबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह २३६३ नम्बरको अटोलाई चेकजाँच गर्दा २० किलोग्राम लागुऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा अटो चालक हेटौंडा–१९ बस्ने ६० वर्षीय प्रेम बहादुर थिङ, हेटौंडा–३ बसामाडी बस्ने ४० वर्षीया कबिता थिङ र हेटौंडा–३ कै ३६ वर्षीया सिरसानी मोक्तान रहेका छन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।