प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

कांग्रेस मकवानपुरले गर्यो प्रतिनिधिसभाका लागि चारजना सिफारिस

२०७९ भाद्र १९, आईतबार २१:५८ बजे

हेटौँडा – नेपाली कांग्रेसले मकवानपुरबाट दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चारजनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । कांग्रेस मकवानपुरको बैठकले क्षेत्र नंबर १ र २ बाट समग्रमा चार जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस भएका चारजना नेताहरुमा नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’, वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्व जिल्ला सभापति माईकल रामचन्द्र अर्याल तथा नेता जयराम लामिछाने रहेका छन् ।

यसपटक आफूहरुले क्षेत्र तोकेर भन्दा गठबन्धनको भागवण्डामा आउने कम्तिमा एक क्षेत्रमा चारजना नेताहरुको नाम सिफारिस गरेको कांग्रेस मकवानपुरका सचिव भिमसेन महतले बताए । यसअघि इन्द्र बहादुर बानियाँको नाम प्रदेशसभातर्फ जिल्लाको २ नम्बर क्षेत्र को (ख) बाट सिफारिस भईसकेको छ ।