प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

पेट्रोलदेखि खाना पकाउने ग्याससम्मको मुल्य बढ्यो, यस्तो छ नयाँ मुल्य सूची

२०८० आश्विन १३, शनिबार २१:४३ बजे

हेटौंडा – नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको छ। निगमले शनिबार एक विज्ञप्ति जारी गरी आइतबार बिहान १ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धको भाउ बढाएको हो।

विज्ञप्तिका अनुसार पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढाएको छ। हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रति लिटर करिब ८ रूपैयाँ) बढाएको छ।

भारतीय आयल कर्पोरेसन ९आइओसी० ले नयाँ मूल्यसूची पठाएपछि निगमले मुल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ३४ पैसा, डिजेलमा चार रूपैयाँ ८२ पैसा, ग्यासमा एक सय ७३ रूपैयाँ ४५ पैसा र हवाइ इन्धनमा प्रतिलिटर ६ रूपैयाँ ५४ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।

नयाँ मूल्य सूची