प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

हेटौंडाको नवलपुरमा मोटरसाइकल ट्रकसंग ठोक्किँयो

२०७९ मंसिर १५, बिहीबार ०९:१५ बजे

हेटौंडा – पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं.११ नवलपुरमा मोटरसाइकल ट्रकसंग ठोक्किँएको छ ।

हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको ना ५२ प ४०८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडक छेउमा रोकिराखेको ना ६ ख ५४८ नम्बरको ट्रकसंग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनमा परी मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नं. १० टिसिएन रोड वस्ने २८ वर्षीय सुदेस के.आर श्रेष्ठ गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार उनको शरिरको बिभिन्न भागमा चोट लगेको छ । उनको उपचारको लागि चुरेहिल अस्पतालमा लागिएको प्रहरीले जनाएको छ ।