प्रहर खबर
 २०७९ भाद्र २, बिहीबार    

भिमफेदी ८ मा नेकपा एमालेकाे प्यानलै विजयी

२०७९ जेठ १, आईतबार २३:४९ बजे

हेटौंडा -  मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ८ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । 

वडा अध्यक्षमा एमालेका उम्मेद्वार विष्णु बहादुर लामाले ६ सय ८२ मत प्राप्त गरि निर्वाचित भएका छन् । लामाका निकटतम् प्रतिस्पर्धी ५ गठबन्धनबाट नेपाली कांग्रेसका समुन्द्र मान घिसिङ ५ सय ९६ मत ल्याएका छन् ।

त्यस्तै वडासदस्यतर्फ (खुल्ला) नवराज अधिकारी, राजकुमार स्याङ्तान, (महिला) सीता थिङ, (दलित महिला ) सुभद्रा वि.क. निर्वाचित भएका छन ।