हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११, नवलपुरमा सुमोको ठक्करबाट घाइते भएका पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–११ निवासी ३५ बर्षिय ज्ञाने सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ ८ बजेर ४० मिनेटको समयमा प्रदेश १–०२–०१ ज ४३०० नम्बरको टाटा सुमोले हेटौंडास्थित चन्द्र सुर्य पेट्रोल पम्प नजिकै सुनारलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो ।
घाइते सुनारको उद्दारगरी हेटौंडा अस्पतालमा पठाइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनारलाई ठक्कर दिएर फरार सुमो र चालक मोरङ ग्रामथाङ नगरपालिका ७ बस्ने ३६ बर्षिय चेतनाथ सापकोटालाई प्रहरीले इटहरीबाट नियन्त्रणमा लिएको छ ।
घटनास्थल पुगेको प्रहरी टोलीले सीसिटिभीका आधारमा पैदल यात्रीलाइ ठक्कर दिने सवारी साधनको पहिचान गरेको थियो । उनलाई हेटौंडा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।