हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.६ मा भिरबाट लडेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा घोप्टेबेसी बस्ने ३४ बर्षीय कुमार थिङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घरबाट आवश्यक किराना समान किनमेलको गर्न निस्किएका थिङ घोप्टे भिरबाट लडेर घाइते भएको अवस्थामा फेला परेका थिए । उनको उद्धार गरी उपचारार्थ हेटौंडा अस्पताल ल्याईएको प्रहरील् जनाएको छ ।