प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

काठमाडौं आइपुगेका अर्थर गनको प्रस्तुति

२०७९ भाद्र २, बिहीबार १२:३६ बजे

काठमाडौं – बुधबार बिहान काठमाडौं आइपुगेका नेपाली मूलका गायक एवं अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) बुधबार काठमाडौंको वसन्तपुरमा गुन्जिएका छन् । उनले जन्मथलो आइपुगेकै दिन वसन्तपुरको नव आदर्श विद्यालय अगाडि प्रस्तुति दिएका हुन् । उनले ‘स्ट्रिट पर्फोम’ गरेका हुन् ।

त्यहाँको फोटो फेसबुकमा सेयर गर्दै अर्थरले लेखेका छन्, “मैले जहाँबाट सुरु गरेको थिएँ, त्यही गरेँ । जन्मूमिमा बस्किङ (सार्वजनिक स्थलमा स्वेच्छिक दानका लागि गरिएको प्रस्तुति), वसन्तपुर दरबार स्क्वायर । आफ्नो समय दिएर सुनिदिनुभएका तपाईं सम्पूर्ण र जसले यो सम्भव गरायो, तपाईं सम्पूर्णलाई धन्यवाद । सबैलाई अगस्ट २० मा क्लब प्लाटिनममा भेट्नेछौँ ।”

अर्थर गनको पोष्ट हेर्न यहाँ क्लीक गर्नुहोस ।