हेटौंडा – काठमाडौं महानगरपालिकाले अवैध संरचनामा भत्काउन सुरु गरेसंगै हेटौँडा उपमहानगरपालिकाले पनि त्यसको तयारी गर्ने भएको छ । हेटौंडा उपमहानगरक्षेत्रभित्र कानुन विपरीत बनेका संरचना हटाउने तयारी गरेको हो ।
नक्सा पास नगरी बनाइएका संरचना, सडक पेटी मिचेर निर्माण गरिएको संरचनाको कारण हेटौँडा बजार क्षेत्रमा पार्किङ समस्यासंगै बाटो हिडने पैदलयात्रुलाई समस्या परेको गुनासो आएपछि उपमहानगरपालिकाले ३५ दिने सूचना जारी गर्ने तयारी गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामाले ३५ दिने सूचना जारी गर्न निर्देशनको बताईन् । ‘हामीले हाम्रो क्षेत्रधिकारभित्र पर्ने सडक मिचेर, विना नक्सा बनाईएका संरचना खालि गर्न सूचना प्रकाशन गर्ने तयारी गरेका छौँ, उनले भनिन् – ‘यदि सूचनाको हदम्यादभित्र संरचना खाली गरिएन भने उपमहानगरपालिकाले आफ्नो काम गर्नेछ ।’