प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

मकवानपुरमा एक गोठ जलेर नष्ट

२०८० चैत्र २०, मंगलबार ०९:३९ बजे


हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१२ मिलनचोक सोमबार एक गोठमा आगोलागी हुँदा २ लाख ५० हजारको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय सोनमायाँ घलानको गोठ आगोलागीबाट पुर्ण रुपमा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको धनमाल क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

्रप्रहरीका अनुसार गोठमा रहेको २ वटा बाख्रा जलेर घाइते भएको छ भने मानविय क्षति नभएको बताईएको छ ।गोठमा लागेको आगो प्रहरी, स्थानियबासी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो ।