प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

बागमती प्रदेश खेलकुद: जुडोमा ललितपुरलाई ४ स्वर्ण, कुन जिल्लाले कति पदक जिते ?

२०८० जेठ ११, बिहीबार १९:१५ बजे

हेटौंडा – दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत जुडोमा ललितपुरले सर्वाधिक ४ स्वर्ण जितेको छ । काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्य सहित कुल ९ पदक जित्न सफल भयो ।

काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्य सहित कुल ५ पदक हात पार्यो भने नुवाकोटले २ स्वर्ण, १ रजत र १ कांस्यसहित ४ पदक जित्यो । पुरुष÷महिलामा समान ७–७ गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मकवानपुरले २ स्वर्ण जित्दा रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंले १–१ स्वर्ण हात पारे ।

प्रतियोगिताको पुरुषमा काभ्रेका प्रवीणकुमार दियाली तथा महिलामा नुवाकोटकी अन्जु पाण्डे उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको अन्तिम दिन महिला ७० केजीमा रामेछापकी रन्जना खड्का, ७८ केजीमुनि मकवानपुरकी एलिसा गोले र ७८ केजीमाथि मकवानपुरकी अस्मिता गोले स्वर्ण चुमे ।

पुरुषको ८१ केजीमुनि काभ्रेका मनोज आचार्य, ९० केजीमुनि नुवाकोटका रामभक्त तामाङ, १०० केजीमुनि काभ्रेका आकाश आले मगर र १०० केजीमाथि काठमाडौंका वसिस्ट महर्जन शीष स्थानमा रहे । दुईदिने प्रतियोगितामा ९ जिल्लाका ५७ खेलाडी सहभागी थिए ।