प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडा आइडलमा 'टप ५' छानिए

२०७९ माघ २२, आईतबार ०२:२१ बजे

हेटौंडा - हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज शनिबार दुई प्रतिस्पर्धी बाहिरेका छन् । शुक्रबार भएको गायन प्रतिस्पर्धा पछि भएको निर्णायकको मुल्याकंन, टिकटबाट भोटिङ र एसएमएसबाट भएको भोटिङको आधारमा दुई प्रतिस्पर्धीले आज हेटौंडा आइडलको मञ्च छाडेका हुन् । शनिबार मञ्च छाड्नेमा विजय लामा(९) र आवाज सुनार (३) रहेका छन् ।

शनिबार हेटौंडा आइडलमा ६ जनाले आफ्नो प्रस्तुती दिएका छन् । जसमा अनिता मोक्तान (१), प्रेमलाल बैठा(२),सुस्मिता श्रेष्ठ (४), दीपेश श्रेष्ठ (५), राजेश दर्नाल(७), सुसन शाही ठकुरी(८) रहेको आइडलका निर्णायक विजय कार्कीले बताए ।

गायन पश्चात उनीहरुलाई भोट गर्न टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।

भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने निर्णायक कार्कीले बताएका छन् । टिकट अर्धकट्टीबाट भोटिङ गर्न साँझ ६ बजे सम्म भोटिङ बक्समा भोट खसाल्नु पर्ने जनाइएको छ, भने एसएमएसबाट भने भोली आइतबार विहान ११ बजे सम्म भोटिङ गर्न सकिने आयोजकले जनाएको छ ।