हेटौंडा – विस्तारको कामले दैनिक ११ घण्टा बढी बन्द रहने कान्तिलोकपथ अब २४ सैं घण्टा सञ्चालनमा आउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार यही जेष्ठ २५ गतेबाट सडक पुर्ण रुपमा सुचारु हुने भएको हो ।
ललितपुर बागमती गाउँपालिका–२ रातोभिरस्थित पहाड फोरेर सडक फराकिलो बनाउने काम धमाधम भइरहेको छ । हाल दैनिक बिहान ४ बजेदेखि ९ बजेसम्म र दिउसो १२ बजेदेखि १८बजेसम्म सडक बन्द गरेर सडक फराकिलो बनाउने काम गरिरहेको छ ।
त्यस्तै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र बिहान ९ बजेदेखि १२ बजेसम्म सडक खुल्ला हुनेछ । सडक विस्तार गर्ने क्रममा ढुङ्गा माटो धेरै झरेर सडक समेत भासिएकोले सडक पुर्णरुपमा बन्द रहेको थियो ।