प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

फास्ट ट्रयाकमा सुरुङ निर्माणको काम धमाधम, हेर्नुहोस् तस्वीरहरु

२०७९ पौष २८, बिहीबार ००:४२ बजे

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौं,तराई मधेस(फास्ट ट्रयाक)मा महादेवडाँडा, धेद्रे र लेनडाँडा गरी तीन वटा सुरुङ रहेको छ । जसको आउँने र जाने छुट्टाछुटै टनेल रहेको छ । जसको लम्बाई ६ दशमलव ७५७ किलोमिटर रहेको छ । यसको उचाई ८ मिटर रहनेछ भने चौडाई १३ मिटरको बनाईएको छ ।

नेपाली सेनाका अनुसार दुई चिनिया कम्पनीले १२ स्थान मध्ये ९ स्थानमा आउने र जाने (दुबैतर्फ) सुरुङ उत्खनन् गरिरहेको छ । बाँकी ३ स्थानमा पोर्टलको काम चलिरहेको सेनाले जनाएको छ । सेनाका अनुसार समग्रमा करिब १ किलोमिटर सुरुङ उत्खनन् काम भएको छ । 

सेनाले महादेव डाँडामा ३.४४५ किमी, धेद्रेमा १.६९० किमी र लेनडाँडामा १.६२२ किमीको सुरुङ मार्ग रहेको छ ।