प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९ आश्विन ४, मंगलबार ०४:२६ बजे

हेटौंडा – मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।मोरङको धनपालथान गाउँपालिका ७ स्थित धनपाल गेट नजिकै सोमबार प्रदेश १ ०४ ००१ प ८८९४ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीया कलावती मण्डलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गम्भिर घाइते भएकी उनको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो ।मोटरसाइकलले पैदल हिडिरहेकी उनलाई हिजो साँझ साढे ६ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।