प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

सवारीको ठक्करबाट एक स्कुले बालकसहित दुईको मृत्यु

२०७९ आश्विन ६, बिहीबार १४:५८ बजे

हेटौंडा – छुट्टाछुट्टै स्थानमा सवारीको ठक्करबाट एक स्कुले बालक र एक वृद्धाको मृत्यु भएको छ ।

धादिङको गजुरी गाँउपालिका १ गजुरी बजारस्थित पृथ्वीलोकमार्गमा यात्रुवाहक बसले ठक्कर दिदा बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आर्दश स्कुल कक्षा १ मा अध्यानरत स्थानिय दिल बहादुर परियारका छोरा ६ बर्षीय बिजय परियार रहेका छन ।बिहीबार बिहान पौने १० बजे काठमाण्डौबाट गोरखा जाँदै गरेको ग १ ख ४५ ६५ नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो । दुर्घटनाको बिषयलाई लिएर स्थानिय र स्कुलका बिद्यार्थीहरुले उक्त राजमार्ग अवरुद्ध गरेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । बस चालकलाई भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

त्यस्तै भक्तपुरको सुर्यबिनायक चोकमा बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा डा.ईवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो । सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५ ५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिडिरहेकी बृद्धालाई ठक्कर दिएको हो । बस सहित चालकलाई प्रहरी बृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।