प्रहर खबर
 २०८१ बैशाख २९, शनिबार    

प्रदेश प्रमुख खापुङ समक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेश

२०८० पौष ८, आईतबार १७:५९ बजे

हेटौंडा – कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वको टोलीले प्रदेश प्रमुख खापुङ समक्ष प्रतिवेदन पेश गरेका हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आर्थिक वर्ष ०७९र८० को प्रतिवेदन पेश भएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख प्रमुख खापुङले २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताए ।

पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु जस्ता घट्नाले लज्जित बनाएको बताए । यो समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको बताए ।

त्यसैगरी राष्ट्रिय दलित आयोगका सदस्य बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताए । युवावस्थामा प्रेम भएपनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उनको भनाई छ ।