प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

राष्ट्रपति तिमल्सिना १० दिनदेखि बेपता

२०७९ फाल्गुन १४, आईतबार १३:३० बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नंं.१० मन्थलीका एक पुरुष १० दिनदेखि बेपत्ता भएका छन् । यही फागुन ४ गतेदेखि अन्दाजी ५०/५५ बर्षीय राष्ट्रपति तिमल्सिना बकैयाकै मन्थली अम्बास बेशीबाट हराएको उनकी छोरी जानुका तिमल्सिनाले जानकारी दिइन् ।

ललितपुर बागमती गाउँपालिका नागटारस्थित आफन्तको बिवाहमा जान्छु भनी घरबाट निस्किएका तिमल्सिना १० दिनदेखि सम्पर्कमा नआएको उनकी छोरी जानुकाले बताइन् । दश दिनसम्म खोजी गरेको भए पनि कोही कसैको सम्पर्कमा नआएको उनले बताइन्।

फागुन ४ गतेदेखि हराएका बुवाको खोजी गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएको जानुकाले जानकारी दिइन्। उनका अनुसार तिमल्सिनाको मोबाइल सम्पर्क बेपत्ता भएकै दिन हुन नसकेको र मोवाइल स्वीचअफ छ।

देख्ने र भेटाउने जो, कोहीले नजिकको प्रहरी कार्यालयमा र आफन्तको फोन नम्बर ९८४३२१८९३६ र ९७४९८८४०४० मा सम्पर्क गरिदिनु हुन छोरी जानुकाले आग्रह गरेकी छन् ।