हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.१ बादरखोल्सीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपर चालक हेटौंडा उपमहानगरपालिका वडा नंं.१५ रातोमाटे बस्ने २२ बर्षीय सुकदेव पाख्रिन रहेका छन् ।
गएराति बादरखोल्सीस्थित भित्रि सडकखण्डमा लेनडांडाबाट बादरखोल्सीतर्फ जादै गरेको बा.प्र–०३–००१ख१४८९ नम्बरको ट्रिपर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका थिए । उनको उद्दार गरी उपचारको लागि हेटौडा अस्पतालमा ल्याईएकोमा बिहीबार बिहान २ बजेर १२ मिनेटमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।