प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

नेपाल सेमिफाइनलमा

२०७९ असार ६, सोमबार ०७:५३ बजे

काठमाडौं – नेपाली महिला क्रिकेट टोली मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

किनरारा ओभलमा आज सोमवार भएको समूह चरणको तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा गर्यो

नेपालका लागि सीता राना मगरले ४ रन बनाउँदा कविता कुँवरले अविजित ३ रन झारिन् । इन्दु वर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् ।

बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक एक विकेट लिए ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो ।

बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालका लागि कविता कुँवर र सबनम राईले दुई दुई विकेट लिए ।

जितसँगै नेपाल ३ खेलबाट ६ अङ्क जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । अब अन्तिम खेलमा नेपालले हङकङसँग भोलि मङ्गलवार खेल्नेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।