प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

काभ्रे १ (क)मा रत्न प्रसाद ढकाल निर्वाचित

२०७९ मंसिर ८, बिहीबार १२:३५ बजे

काभ्रे – काभ्रे क्षेत्र नम्बर १ प्रदेशसभा (क)मा नेकपा माओवादी केन्द्रका रत्न प्रसाद ढकाल निर्वाचित भएका छन् ।

ढकालले २० हजार ७२० मत सहित पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका दिलबहादुर (दिलिप) तामाङले ११ हजार २७८ मत ल्याए ।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकाल ९ हजार ४४२ मतान्तरले चुनाव जितेका हुन् ।