प्रहर खबर
 २०८१ बैशाख ३१, सोमबार    

हेटौंडा उपमहानगरको फोहोरको थुप्रोमा आगलागी

२०७९ माघ २८, शनिबार १४:५८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको फोहोर फाल्दै आएको डम्पिङसाइडमा आगो लगाइएको छ । हेटौंडा–१० स्थिात राप्ति किनारमा रहेको डम्पिङ साइडमा अज्ञात ब्यक्तिले आगो लगाएको हो ।

डम्पिङ्ग साइडको फोहोरमा डढेको धुवा सुन्दरनगरी हेटौंडाको आकास ढाक्दै गएको छ । फोहोरमा लागेको आगोबाट निस्किएको धुँवाले बजार क्षेत्र ढाक्नुका साथै दुर्गन्ध फैलिएको छ ।

यसले वातावरण र मानव स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै स्थानीयबासी आक्रोसित भएका छन् । डम्पिङ साइडमा प्लाष्टिक, कागज लगायत अन्य बल्ने खालको फोहोर छ । त्यही फोहोर थुप्रोमा शनिबार साँझ ३ बजेदेखि आगलागी भएको स्थानीयहरु बताउँछन् ।

हेटौंडा उपमहानगरपालिकाको दुई वटा दमकल र नगरप्रहरीको टोलीले आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको छ । रातको समयमा भएको कारण तत्काल फोहोरमा लागेको आगो नियन्त्रणमा आउने अवस्था छैन ।

फोहोर फाल्दै आएको डम्पिङ साइडमा प्रत्येक बर्ष आगो लगाएर हेटौंडा उपमहानगरले जनताको स्वास्थ्यमाथि खेलाँची गर्दै आएको स्थानीयहरु बताउँछन् । यसअघि बर्षमा पनि डम्पिङ साइडमा आगो लगाईएको थियो ।

प्रत्येक बर्ष डम्पिङसाइडमा आगलागी हुँदै आएपनि कसले आगो लगायो ? भन्ने विषयमा उपमहानगर जवाफ विहिन छ ।