प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

कतारमा विभिन्न आरोपमा सजाय भोगिरहेका २१ नेपालीले आममाफी पाउने

२०७९ बैशाख ६, मंगलबार १५:४५ बजे

हेटौंडा – कतारमा विभिन्न आरोपमा सजाय भोगिरहेका २१ जना नेपालीले आममाफी पाउने भएका छन् । कतार सरकारले सजाय भोगिरहेका २१ जना नेपाललाई आममाफी दिने घोषणा गरेको हो ।

कतारका अमिर (राजा) मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारको बन्दी गृहमा जीवन बिताइरहेका २१ जना नेपालीलाई माफी दिएका हुन् ।

यौनजन्य क्रियाकलापमा संलग्न ३ जना, चोरीजन्य क्रियाकलापमा ११ जना, मादकपद्धार्थ बिक्रि वितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेका नेपालीले आम माफी पाएको नेपाली राजदुतावास दोहा कतारले जनाएको छ । आम माफी पाउने व्यक्तिलाई सम्बन्धित निकायमा जानकारी गराउने प्रक्रियामा रहेको दुतावासको बिज्ञप्तीमा उल्लेख छ । 

Doha Qatar (1)1650382975