प्रहर खबर
 २०८२ आषाढ २८, शनिवार    

निगमले पेट्रोलियम पदार्थको मुल्य बढायो

२०८१ असार १८, सोमबार ०७:२३ बजे

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।

गएराती देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ ।

यो मुल्य वृद्धिसँगै काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।