प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

मकवानपुरमा एक पुरुष मृत भेटिए

२०८१ श्रावण १२, शनिबार २०:१८ बजे

हेटौंडा – मकवानपुरको बागमति गाउँपालिका वडा नम्बर–९ स्यालथुमवेसीमा एक जना पुरुषको वेवारिसे शव फेला परेको छ ।

बागमती खोला किनार बगरमा ४० वर्षको जस्तो देखिने हाल नाम थर वतन नखुलेको पुरुष व्यक्तिको शव रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

अहिले उक्त पुरुषको पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा शव राखिएको छ ।