प्रहर खबर
 २०८२ आषाढ २८, शनिवार    

हेटौंडाको ओमभवन अगाडी स्कुटर दुर्घटना

२०८० माघ १५, सोमबार ०८:४२ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.४ ओमभवन अगाडी आइतबार स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक मकवानपुरगढी गाउँपालिका वडा नं. २ शिखरकटेरी बस्ने ४० बर्षीय दिपक न्यौपाने रहेका छन् ।

पारिजातपथबाट कान्तिराज लोकपथ सडकखण्ड तर्फ आउदै गरेको ना ४२ प ९७३६ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर पल्टदा न्यौपाने टाउकोमा चोट लागेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको बतार्ईएको छ ।