प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०७९ मंसिर २१, बुधबार १२:०९ बजे

हेटौंडा – ट्रकमा मोटरसाइकल ठोक्किँदा झापामा एक जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका ८ मा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ३ ख २९०४ नम्बरको ट्रकमा विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प ४०५२ नम्बरको मोटरसाइकल बुधबार बिहान ठोक्किँएको थियो ।

दुर्घटनमा परी झापाकै विर्तामोड नगरपालिका १ का २२ वर्षीय ओम प्रकाश राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा ७ बजे उनको मृत्यु भएको हो । दुवै सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ ।