हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा ५० वर्षीया महिलामाथि सामूहिक बलात्कार आरोपमा श्रीमान पक्राउ परेका छन्दुई किशोर फरार रहेका छन् ।
मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार पीडित महिलाले कात्र्तिक १ गते ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई युवाले ३० असोज रातको समयमा आफूमाथि सामूहिक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरी दिएकी थिइन् ।
सोही उजुरीको आधारमा उनका श्रीमान पक्राउ परेका छन् भने दुई जना युवा फरार रहेका छन् ।शुक्रबार पक्राउ परेका आरोपी श्रीमानमाथि मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
डीएसपी अर्यालका अनुसार पीडित महिलाले दुई किशोरको अन्दाजी उमेर १९ र २० वर्ष हुनसक्ने बताए पनि पहिचान गर्न नसकेको बताएकी छन् ।
पिडित महिलाले किशोरहरुलाई आफू नचिन्ने बताए पनि दोषी पत्ता लगाउन हामीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको डीएसपी अर्यालले बताए । पीडित महिलालाई हेटौंडास्थित महिला सेफ हाउसमा राखिएको छ । उनको स्वास्थ्य अवस्था ठीक रहेको बताईएको छ ।