हेटौंडा– मकवानपुरको हेटौंडामा चट्याङ लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१५ पदमपोखरी चक्रिय विकास टोल बस्ने ६६ बर्षीया ठुलीमाया वाईबा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार दिउँसो २ बजेर ३० मिनेटको सयमा आफ्नै घरमा बस्दै गरेको अवस्थामा अचानक चट्याङ लागेको थियो । उनको टाउकोमा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।