प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

नवौं राष्ट्रिय खेलकुद: आर्मी पुरुष फुटबलको फाइनलमा

२०७९ कार्तिक १, मंगलबार ०९:१६ बजे

पोखरा – त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा आर्मीलाई फाइनल पुर्याउनका लागि सुदिल राई गोल गरे । उनले खेलको ५८ औं मिनेटमा निर्णायक गोल गरे । उनी खेलको २४ औं मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए ।

आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकको लागि आर्मीले समूह ‘डी’ विजेता सुदुरपश्चिम र समूह ‘बी’ विजेता एपिएफबीच बिजेतासंग भिड्नेछ । सुदुरपश्चिम र एपिएफबीच दोस्रो सेमिफाइनल खेल आजै हुँदैछ ।