प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

मोरक्कोमा शक्तिशाली भूकम्प, २९६ जनाको मृत्यु

२०८० भाद्र २३, शनिबार ०७:१८ बजे

मोरक्को – मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा र कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ । यसको केन्द्र जमिनको सतहबाट १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय समय अनुसार राति २३ः११ मा भूकम्प गएको हो ।