प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई विमान चीन पुगे

२०७८ चैत्र ७, सोमबार ०७:०५ बजे

बेइजिङ – युक्रेनबाट चिनियाँ नागरिक बोकेर उडेका दुई विमान सोमबार सकुशल चीन पुगेका छन् । बिहान ८:०३ मा पहिलो उडान दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दु पुगेको छ भने दोस्रो उडान बिहान ८:३९ मा मध्य चीनको झेङझाउ शहरमा पुगेको छ।

यस अघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजान १७ अस्थायी उडानहरू भइसकेका छन् । रुस- युक्रेन द्वन्द्व शुरु भएयता विदेशी नागरिकहरूले युक्रेन छाड्ने क्रम तीव्र बनेको छ। सिन्ह्वा