प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप हुने

२०७९ माघ ९, सोमबार १५:३० बजे

हेटौंडा – पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यही माघ अन्तिम साताबाट सुरु हुने भएको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिता माघ २९ गतेबाट फागुन ११ गतेसम्म सञ्चालन हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई करिब ६ लाख रुपैया“ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा मनाङ्ग मस्याङदी, नेपाल पुलिस, थ्रिस्टार, त्रिभुवन आर्मी, हिमालयन शेर्पा, सादोबाटो, एपिएफ, एनआरटी, मछिन्द्र जवलाखेल, एभिनियर एफसी, आयोजक मकवानपुरसहित १२ वटा फुटबल क्लवको सहभागिता रहनेछ ।