प्रहर खबर
 २०८१ बैशाख ५, बुधबार    

बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

२०८० माघ ८, सोमबार ०८:४५ बजे

हेटौंडा – दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरी रहेका छन् ।

बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दुर्घटना योगी र चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार बसमा सवार ४७ जना मध्ये दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेका छन् ।

शवलाई लमही अस्पतालमा राखिएको छ ।