प्रहर खबर
 २०८१ बैशाख ५, बुधबार    

स्कुलबाट आउँदै गरेका बालकको बसले लियो ज्यान

२०८० असार ७, बिहीबार १४:२८ बजे

हेटौंडा – यात्रुबसको ठक्करबाट विद्यालयबाट घर आउँदै गरेका ५ वर्षीय बालकको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा–क्याम्पा सडकखण्डअन्तर्गत केराधापमा बिहीबार दिउँसो बसको ठक्करबाट स्थानीय कमल थापाका ५ वर्षीय छोरा जनम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केर्खाबाट बैगुनधुरा जाँदै गरेको मे १ ख १५१८ नम्बरको यात्रुबसले ठक्कर दिँदा विद्यालयबाट घर फर्कदै गरेका थापालाई ठक्कर दिएको हो । ठक्करबाट घाइते बालकलाई उपचारका लागि आम्दा अस्पताल दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।

थापा स्थानीय कञ्चनजंघा माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययन गर्दथे । बालक जनमलाई विद्यालय छुट्टी भएर घर फर्कनेक्रममा बसले ठक्कर दिएको थियो । दुर्घटनापछि बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।