प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

हेटौंडाको एक जंगलमा मानव कंकाल भेटियो

२०८० भाद्र १५, शुक्रबार १५:३३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडास्थित एक जंगलमा शुक्रबार दिउँसो मानव कंकाल भेटिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१४ मयुरधाप डाईबरडाँडास्थित चुरियामाई जंगलमा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

कार्की अनुसार जङ्गलमा हाल नाम, थर, वतन, उमेर नखुलेको सडेगलेर हड्डी मात्र रहेको अवस्थामा शव फेला परेको हो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस बारेमा अनुसन्धान भइरहेको उनले बताए ।