मकवानपुर – मकवानपुरको हेटौंडामा एक वृद्ध आफ्नै घरमा मृत भेटिएका छन् ।
हेटौंडा उपमहानगरपालिका–१२, दोङटोल बस्ने अन्दाजी ८५ वर्षीय अमृत बहादुर सिङतान आफ्नै घरको चोटाको डाडा/भाटामा पटुकाको पासो लगाएर झुण्डिएको अवस्थामा बुधबार मृत भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।