प्रहर खबर
 २०८१ बैशाख ११, मंगलबार    

एन्फा चुनाव आज

२०७९ असार ६, सोमबार ०२:२४ बजे

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन हुँदैछ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।

अघिल्लो कार्यकाल एउटै टिममा रहेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ प्यानल नै बनाएर प्रतिस्पर्धामा छन् । त्यस्तै राजिवराज पौड्याल पनि अध्यक्षको उम्मेदवार बनेका छन् । तर उनको प्यानल छैन ।

यसअघि कर्माछिरिङ वर्तमान अध्यक्ष हुँदा पंकज विक्रम वरिष्ठ उपाध्यक्ष थिए। दुवैले २१–२१ जनाको टिम बनाएका छन् ।

शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दिर्घबहादुर केसी (कुमार), रत्नकुमार श्रेष्ठ उम्मेदवार छन् । खुल्ला केन्द्रिय सदस्यमा अनिल श्रेष्ठ, भरतबुढथापा, मनिष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, बिनोद लामा तामाङ, दिपक थापा क्षेत्री, प्रविण यादव, रामराज गुरुङ, मणिराज विष्ट, टिका लामा छन् । दुई जना महिला सदस्यमा शेर्पा प्यानलबाट पेमा डोल्मा लामा र बिना क्षेष्ठ छन् ।

नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षमा बिराटजंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दर नरसिंह जोशी उम्मेदवार छन् । सदस्यमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिला लामा लिली, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रबिन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वर कुमार राउत छन् । महिला सदस्यमा बिन्द्रा देवान र सरिला श्रेष्ठ छन् ।

त्यस्तै सुरेन्द्र सिखाकार, मिलन गुरुङ, कुमार कटवाल, मानदेव हजारा समेत सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनीहरु कुनै पनि प्यानलमा आवद्ध छैनन् । 

एन्फा निर्वाचनमा मताधिकार ८४ जनाको रहेको छ । मताधिकार ८७ भए पनि यस पटक ८४ मताधिकार मात्रै रहने छ । जसमा ४४ जिल्ला, चार राष्ट्रिय लिगका क्लब, चार एन्फा संघ, ए डिभिजनका १४ क्लब, बीका ११ र सीका ९ क्लबले मत हाल्नेछन् । सिन्धुपाल्चोक, भक्तपुर र सिराहा जिल्लाले यसपटक मताधिकार प्रयोग गर्न पाउने छैन ।