हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१२ तीनताप्केबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा स्थानीय २१ को अबिन थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पैदल हिडिरहेका थिङलाई नियन्त्रनमा लिएर चेकजाँच गर्दा नुरफिन ५० एम्पुल, डाईजोपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल फेला परेको प्रहरीले जनाएको छ ।
थिङसंगै लागुऔषध कारोबारमा संलग्न रहेका स्थानीय प्रताप घलान फरार रहेका छन् । प्रहरीले घलानको घरको सौचालयबाट नुरफिन ५४ एम्पुल, डाईजोपाम ६३ एम्पुल, फेनारगन ५७ एम्पुल फेला पारेको प्रहरीले जनाएका छन् । फरार घलानको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।