प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

हेटौंडामा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

२०७९ माघ १०, मंगलबार ११:३६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१८ मा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ ।

हेटौंडाको गुम्वाडाँडास्थित नजिकै खोल्सामा मंगलबार बिहान मृत भेटिएका पुरुष चितवन राप्ति नगरपालिका वडा नं.२ गड्यौली बस्ने अन्दाजी ५५ वर्षीय गोपाल प्रसाद खतिवडा रहेको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

घाँस काट्न गएको बेलामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्यु भएको कारण प्रहरीले खुलाएको छैन । घटना स्थालबाट कानुनी प्रक्रिया पुरा गरेर शव परीक्षणको लागि हेटौंडा अस्पताल ल्याईएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए ।