प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

'द भ्वाइस अफ नेपाल सिजन ५' को उपाधि विनोद राईले जिते

२०८० पौष २८, शनिबार ०८:०८ बजे

काठमाडौं – गायन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि विनोद राईले जितेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित 'द भ्वाइस अफ नेपाल सिजन ५' को उपाधि जितेका हुन्।

विनोदले टिम मिलन नेवारको प्रतिनिधित्व गर्दै भ्वाइस अफ नेपाल सिजन ५ को ग्राण्डफिनालेमा प्रवेश गरेका थिए । टिम राजेश पायल राईबाट मकर बहादुर योञ्जन फर्स्ट रनरअप घोषित भए। यस्तै टिम उदय सोताङबाट कुमार प्रयास सेकेन्ड रनरअप हुँदा टिम प्रमोद खरेलबाट नोगेन लिम्बु थर्ड रनरअप बने। दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाएको छ।

यसअघि पहिलो सिजनको उपाधि सिडी विजय अधिकारी, दोस्रो संस्करणको उपाधि राम लिम्बू, तेस्रो संस्करणको उपाधि किरण गजमेर र चौथो संस्करणको उपाधि करण राईले जितेका थिए।