प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

हेटौंडाबाट लागुऔषध सहित एक जना पक्राउ

२०८१ असार ६, बिहीबार १९:५४ बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेक पोईन्टबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा, लक्षमिनिया गाउँपालिका-६ बस्ने अन्दाजी २८ वर्षीय मोहम्द मुस्ताख राइन रहेका छन् ।

पूर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ जादै गरेको ना ७ ख १०५२ नम्बरको बसलाई रोकेर चेकजाँच गर्ने क्रममा बसको सिट नम्बर ११ मा रहेका राइनलाई शंका लागेर चेकजाँच ३ किलो १७० ग्राम लागुऔषध गाँजा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार उनी बसेको बसेको सिट माथिको डिक्किको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला परेको हो । उक्त लागुऔषध गाँजा सहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।