प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

बसको ठक्करबाट जोशीको मृत्यु

२०७९ असार ८, बुधबार ०९:३१ बजे

हेटौंडा – बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका ७ मा आज बिहान बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका ६ झलारीकी ३० बर्षीया विमला देवी जोशीको मृत्यु भएको हो ।

जोशी सवार साइकललाई, ना ४ ख ८०७७ नम्बरको बसले आज बिहान ९ बजे, ठक्कर दिएको वडा प्रहरी कार्यालय महेन्द्रनगर कंचनपुरले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी जोशीलाई उपचारको लागी महाकाली प्रादेशिक अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । बस चालकलाई जिल्ला प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।