प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

हेटौंडाको नवलपुरमा मोटरसाइकल दुर्घटना, स्याङ्तान घाइते

२०८० जेठ २, मंगलबार ०३:४३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ नवलपुरमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–११ नवलपुरस्थित रहेको त्रिभुवन माध्यमिक विद्यालय अगाडी ना ३९ प १८९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रवक्ता टेक बहादुर कार्कीका अनुसार दुर्घटनमा मोटरसाइलक चालक मकवानपुर बकैया गाउँपालिका–४ छत्तिवन बस्ने अन्दाजी  ३०/३२ वर्षीय जनक बहादुर स्याङ्तान घाइते भएका छन् । उनको उपचारको लागि चुरेहिल अस्पताल पठाएको कार्कीले बताए ।

मोटरसाइकल दुुर्घटनाको कारण खुलेको छैन । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने दुर्घटनाका कारण राजमार्ग अवरुद्ध नरहेको बताइएको छ । 

फाइनल तस्बीर